लेखकलाई पितृ शोक

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री रमेश लेखकलाई पितृ शोक परेको छ । उनका पिता डा. प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राती १० बजे निधन भएको छ ।

उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा डा प्रयागतत्त लेखकको निधन भएको रमेश लेखकका स्वकीय सचिव जनक भट्टले जनाएका छन् ।

डा प्रयागदत्तको पार्थिक शरीरलाई काठमाडौंको नैकापस्थित निजी निवाशबाट शनिबार विहान ११ बजे पशुपती आर्यघाटमा अन्तिम श्रद्धाञ्जली तथा अन्त्यस्टी गरिने ब्यवहोरा पारिवारिक स्रोतले जानकारी गराएको छ ।