मेस्सी आज पनि टोलिमा परेनन्

एजेन्सी । अर्जेन्टिनी सुपर स्टार खेलाडी लियोनल मेस्सीले अझै बार्सिलोनाको टिम बाहिर रहेका छन् । उनी आइतबार राती हुने रियल बेटिसविरुद्वको खेलमा पूनः टोली बाहिर रहेका हुन् ।

यसअघि मेस्सी लिगाको दोस्रो खेलका लागि उपस्थित हुन सक्ने अनुमान गरिए पनि हाल प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले आफ्ना स्टार खेलाडीका लागि कुनै सस्क नलिने बताएका छन् ।

मेस्सी पिँडुलाको चोटका कारण लिगको एथ्लेटिको बिल्बाओसँगको पहिलो खेलमा पनि टोलिमा परेनन् । उक्त खेल बार्सिलोनाले १–० गोलले हार व्यहोरेको थियो । मेस्सीले प्रि–सिजनको प्रशिक्षणका दौरान चोट बोकेका थिए ।

पहिलो खेलमा चोट बोकेका अर्का स्टार खेलाडी लुईस स्वारेज पनि टोलीमा रहने छैन् । उनी एथ्लेटिको बिल्बाओसँगको खेलमा चोट बोक्दै मैदान बाहिरिएको थिए । स्वारेज चार हप्ता मैदान बाहिर रहनेछन् ।

त्यस्तै फ्रेन्च स्टार विंगर ओस्मान डेम्बेले पनि उपस्थित रहने छैनन् । उनी पनि लिगको पहिलो खेलका दौरान देब्रे खुट्टामा चोट बोके पछि पाँच हप्ता मैदानबाहिर रहने भएका छन् । उनी एथ्लेटिक बिल्बाओविरुद्धको खेलको ९०औं मिनेटमा घाइते भएका थिए ।

स्टार खेलाडीहरुले पहिलो खेलमा नै चोट बोक्दै मैदान बाहिरिए पछि क्लबले लिगको दोस्रो खेलमा मेस्सी फर्कन सक्ने आशा राखेको थियो । तर स्टार मेस्सीले पुन लिगको दोस्रो खेल समेत गुमाउने भएका छन् । यतिबेला चोटले पिरोलेको बार्सिलोनालाई निकै नै संकट परेको छ ।

स्टार खेलाडीको अनुपस्थितीमा बार्सिलोनाको आक्रमण लाईनमा ठुलो समस्या देखिएको छ । अब बार्सिलोनाको आक्रमण लाईन नयाँ अनुबन्धित खेलाडी एन्टोली ग्रिजमनको काँधमा आएको छ । यो समय ग्रिजमन आफुले आफुलाई प्रमाणित गर्ने समय समेत हो ।