काठमाडौं । मलेसियामा जारी विश्वकप ट्वान्टी ट्वान्टी छनोट क्रिकेटमा भोली नेपालले भुटानसँग खेल्दैछ ।
समूहमा लगातार तीन जित हात पार्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । भोली पनि जित हात पार्दै आफ्नो अग्रता अझै बलियो दाउमा नेपाल छ ।
आफ्नो तेस्रो खेलमा नेपालले हिजो (आइतबार) थाइल्यान्डलाई १ सय ४० रनले पराजित गर्दै जित निकालेको थियो । भुटानले भने प्रतियोगितामा अहिलेसम्म एक खेल मात्रै जितेको छ ।
सात टोली सहभागी एसियाली समूह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि छनोट हुने छन् ।