गौहत्या प्रकरणमा गृहले गठन गर्‍यो छानविन समिति

काठमाडौं । सरकारले सुर्खेतको गौहत्या प्रकरणमा छानविन गर्न ४ सदस्यीय समिति गठन गरेको छ । शनिबार गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिसमेत रहनेगरी ४ सदस्यीय छानविन समिति गठन गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

मन्त्रालयले गौहत्याजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुनी बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै किसिमको उन्मुक्ति नदिइने जनाएको  छ ।

गृहले समितिलाई १५ भित्र छानविन प्रतिवेदन पेश गर्ने समयसीमा तोकिएको छ । छानविन टोलीलाई सहयोग गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

नेपालगञ्जबाट ३ सय ७० चौपाया दैलेखको श्रीस्थान लैजाने क्रममा बिहीबार राति सुर्खेतको कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगल र ब्युरेनी खोलामा २४ गाईगोरु मृत फेला परेका थिए ।