‘गुञ्जन’ बनिन् सारा

काठमाडौं । बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन् । उनका फिल्म ‘गुञ्जन’ को पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

प्रेमकथामा आधारित फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छिन् ।

बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकार छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने छन् ।

झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टले दिएका छन् ।