‘लभ यु हमेशा’ को शीर्ष गीत बजारमा

काठमाडौं । फिल्म ‘लभ यु हमेशा’को ‘लभ यु हमेशा’ बोलको शीर्ष गीत सोमबार सार्वजनिक भएको छ । कार्तिक २२ गते प्रदर्शनमा आउने फिल्मको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जनले अभिनय गरेका छन् ।

फिलिपिन्सको समुन्द्री तटमा खिचिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर छ । भासुको शब्द र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन् ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्म भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । फिल्ममा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतले अभिनय गरेका छन् ।

शिब ढकालले खिचेको फिल्मको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्वन्द्व निर्देशन छ ।