भारतद्वारा झापामा स्कुलचौन विद्यालयको भवन निर्माण

झापा । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले सोमबार भmापाको गौरादह नगरपालिका ५ मा स्कुलचौन उच्चमाध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन द्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमतकुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेललगायतको सहभागिता थियो ।

राष्ट्रिय परीषा बोर्डबाट सम्बन्धन प्राप्त स्कुलचौन उच्चमाध्यमिक विद्यालय सन् १९६५ मा प्राथमिक विद्यालयबाट सुरु भएको हो । सन् २००८ मा उच्चमाध्यमिक विद्यालयमा स्तरोन्नति भएका विद्यालयले उच्चमाध्यमिक तहका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । विद्यालयमा करिब साढे ११ सय विद्याथी अध्ययनरत छन् । त्यसमध्ये ६० प्रतिशत छात्रा छन् ।

भारत सरकारको ३ दशमलव ५७ करोड रुपैंया अनुदान सहयोगमा भवन निर्माण भएको हो । दई तल्ले नयाँ संरचनामा २५ वटा कक्षाकोठा छन् । जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएको छ । नवनिर्मित संरचनाले विद्यार्थी को सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भारत सरकारले यो परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको छ ।