गौरीगंगा रेडक्रसमा बम

धनगढी । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा नगर तदर्थ समितिको संयोजकमा छत्र बहादुर बम चयन भएका छन् । त्यस्तै सचिवमा भोज मन्नी र कोषाध्यक्षमा पार्वतीदेवि देउवा चयन भएका छन् ।

सदस्यहरूमा पहल बिक्रम चन्द, टिकाराम बोहरा, मिनदत्त ढुंगाना, रमेशकुमार भाट, बिन्दु बम साउँद र सुनिलाल चौधरी रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीले असार २७ गतेको नयाँ कार्यसमितिबारे निर्णय गरे पनि औपचारिक रूपमा गौरीगंगा रेडक्रस बुधबार मात्र घोषणा भएको छ ।

बुधबार गौरीगंगा नगरपालिका नगर प्रमुख भिमबहादुर देउवाले बधाई ज्ञापन गर्दै तदर्थ समितिका पदाधिकारीलाई खादा र अबिर लगाएर शाखाको घोषणा गरेका हुन् ।

कार्यक्रममा गौरीगंगा नगर उपप्रमुख अन्चला चौधरी, गौरीगंगा नगरपालिकाका कार्यकारी अधिकृत भक्तराज जोशी, चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी लगायतको उपस्थिति थियो ।