आमाको स्मृतिमा असाहय र क्यान्सरपीडित सहयोग

काठमाडौं । पुण्यदेवी गौतमको १३ औँ दिनको पुण्य तिथि पारेर मंगलबार नेपाल स्नेही काखलाई नगर र खाद्यान्न सहयोग गरिएको छ । बानेश्वरस्थित पञ्चकुमारी श्रद्धा प्रतिष्ठानमा संस्थाकी संचालक नेहा पोखरेललाई मृतकका छोरा घनश्याम गौतमले नगद २० हजार र खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

स्नेही काखले पीडितको पक्षमा काम गरेको देखेर आफूले पनि आमाको स्मृतिमा सहयोग गरेको गौतमले बताए । पोखरेलले पुन्यतिथिको अवसर पारेर गरिएको सहयोगले आफुलाई अझ सकारात्मक काम गर्न थप हौसला मिलेको बताइन् ।

क्यान्सर पीडित चार वर्षीय साइन चौलागाईको आफन्तलाई समेत गौतमले पाँच हजार सहयोग गरेका छन् । बोन म्यारोपीडित चौलागाईको भारतमा उपचार भइरहेको छ ।