सुनको मूल्य लगातार घट्दै

काठमाडौं । केही दिन यता निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ आज पनि ओरालो लागेको छ । तीजमा बढेको सुनका भाउ दसैं नजिकिँदै जाँदा घट्दै गएको हो।

प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगे सुन आज ७० हजार ७ सयमा कारोबार भयो ।

बुधबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै आएको सुन प्रतितोला ६ सयले घटेरको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।