कार्तिकमा ‘सम्हाली राख है’

काठमाडौ । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म ‘सम्हाली राख है’ कात्र्तिक २९ बाट प्रदर्शन हुने भएको छ । बितरकसँगको छलफलपछि फिल्मको रिलिज मिति तय गरिएको बताइएको छ ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्म अहिले पोष्टप्रोडक्सनको चरणमा छ ।

फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् ।