बुढानिलकण्ठमा अमेरिकी राजदूत र देउवाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी डब्ल्यु बेरीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा बिहीबार भएको भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको बताइएको छ ।

सभापति देउवाले भेटवार्तापछि तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘अमेरिकी राजदूतसँग आज बिहान मेरो निवासमा भेट भयो । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भयो ।’