सुनको मूल्यमा एकैदिन भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ प्रति तोलामा १ हजार रुपैयाँले घटेको छ ।

बुधबार ७२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजारले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ ।

आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको ८९० रुपैयाँमा कारोबार भएको थियो ।