कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्‍न थप ३ जना पक्राउ

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यज्ञराज भट्ट, भारती देवी न्यौपाने, गणेश बस्याल छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई कञ्चनपुरको महेन्द्रनगर, न्यौपाने र बस्याललाई पर्वतबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा भट्टको खातामा कृषि विकास बैंकको महेन्द्रनगर शाखामा ४५ लाख ट्रासर्फर भएको र न्यौपानेको खातामा २४ लाख ट्रासफर भएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसअघि उक्त प्रकरणमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ह्याकर समूहले कृषि विकास बैंकको करिब पाँच करोड ट्रान्सफर गरेका थिए ।