पर्यटन दिवसका अवसरमा परशुराम धाममा सरसफाई

परशुरामधाम । विश्व पर्यटन दिवस २०१९ तथा नेपाल भ्रमण बर्ष २०२० को अवसरमा परशुराम नगरपालिकाद्वारा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

नगरको पवित्र धार्मिक पर्यटकीयस्थल परशुराम धाममा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा हिन्दूहरूको महान चाड दसैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो ।

राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीको प्रमुख आतिथ्यता तथा नगर प्रमुख भीमबहादुर साउदको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा नगरका उपप्रमुख, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, ईलाका प्रशासन, तिनवटै सुरक्षा निकायका पदाधिकारी, शिक्षक, बुद्धिजीवी, समाजसेवी, युवा परिसद, बिद्यार्थीलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो ।

नगरको धार्मिक पर्यटकीय सम्भावना बोकेको परशुराम धाम क्षेत्रको सबैले सरसफाई गरेका थिए । कार्यक्रममा यस क्षेत्रको विकासको सम्भावना बोकेकाले परशुराम धामलाई प्रवद्र्धन गर्नुपर्ने विचार वक्ताहरुले राखेका थिए ।