घट्यो सुनको भाउ

काठमाडौं । लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ७० हजार २०० मा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला ६०० ले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६०० ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ ले घटेर प्रतितोला ८४५ मा कारोबार भएको छ ।