आज पनि घट्‍यो सुनको मूल्य

काठमाडौं । पछिल्लो केही दिन यता सुनको भाउ निरन्तर ओरालो लागि रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर ७० हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला सुन ६९ हजार ९०० रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर ८४० रुपैयाँ निर्धारण गरिएको छ। चाँदी भने ८४५ रुपैयाँमा कारोबार भएको थियो ।