उदयपुरमा विपद् सूचना व्यवस्थापन तालिम सम्पन्न

उदयपुर । प्रारम्भिक द्रुुत लेखाजोखा सूचना (फाराम र मोबाइल एप्लिकेसन) प्रयोग सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । जिल्ला स्तरमा विपद प्रतिकार्यमा लेखाजोखा गर्न आवश्यक जनशक्ति तयार गर्ने उद्धेश्यले सञ्चालित जिल्ला स्तरीय विपद् सूचना व्यवस्थापन प्रणाली तालिम सम्पन्न भएको हो ।

विपद् सूचना व्यवस्थापन सम्बन्धी ज्ञान र शीप प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय विपद् व्यवस्थापन विभागको समन्वय तथा अमेरिकन रेडक्रस तथा युएसएआइडीको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । रेडक्रसको उदयपुुर जिल्ला शाखाले तालिम आयोजना गरेको हो ।

तालिममा उदयपुर जिल्लाका आठ ओटा नगरपालिका तथा गाँउपालिकाका प्रतिनिधिहरु, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रत्येक स्थानीयतहका प्रहरीका प्रतिनिधिहरु र रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखा र उपशाखाका पदाधिकारीहरु गरी २४ जनाको सहभागिता थियो ।