‘फौजी जागिर’ सार्वजनिक

काठमाडौं । फौजीको कथावस्तुलाई समेटर दसैंको उपलक्ष्यमा विवेक चौलागाईको लोकदोहोरी गीत ‘फौजी जागिर’ स्रोता माझ ल्याएको छ ।

प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जीवन बडुको स्वर छ । बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन् ।

प्रभावन जेको निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन् ।