सभामुखमाथि लागेको आरोपको निस्पक्ष छानबिन होस् : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे निस्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । उनले सभामुखमाथि लागेको गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले भने संसद सचिवालयकै महिला कर्मचारीले सभामुख महारामाथि यौन दुर्व्यवहारको आरोप लगाउनु दुखद् भएको बताए ।

उनले यसरी राज्यकै जिम्मेवार व्यक्तिबाट महिलाले दुर्व्यवहार खेप्नु क्षम्य नहुने बताएका थिए ।