फेरी बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ । बुधबार ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार ११ सयले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम गरिएको छ । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ८५० पुगेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ ।