विप्लव समूहका डोटी जिल्ला सदस्य पक्राउ

डोटी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला कमिटी सदस्य पक्राउ परेका छन् । प्रहरीले डोटी जिल्ला सदस्य ३८ वर्षीय कृष्ण छेडाललाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाका अनुसार जोरायल गाउँपालिका ६ दह घर भएका छेडाललाई उनकै घरबाट पक्राउ गरिएको हो ।

केही महिनाअघि जोरायल गाउँपालिका २ को वडा कार्यालयको भवन जलाएको आरोपमा उनको नाममा प्रहरीले किटानी जाहेरी दिएर पक्राउका लागि जिल्ला अदालत डोटीबाट आदेश माग गरेको थियो । अदालतले पक्राउ गर्न आदेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।