पाँच सिडिओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

सरूवा भएका सिडिओमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकरबाहुर बिष्ट र उपसचिव प्रेमलाल लामिछाने रहेका छन् ।

कुरुम्वाङ स्याङ्जामा आएका छन् । कोशहरि निरौलालाई गुल्मीको जिम्मेवारी दिइएको छ । यदुनाथ पौडेललाई दार्चुला पठाइएको छ । दार्चुलामा कार्यरत शंकर बहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ । चन्द्रौटामा कार्यरत प्रेमलाल लामिछानेलाई वर्दिया पठाइएको छ । वर्दिया र चन्द्रौटामा सरुवा गरिएका लामिछाने र विष्ट उप-सचिव तहका कर्मचारी हुन् ।