काठमाडौं । सुनको भाउमा आज सामान्य गिरावट आएको छ । सोमबार स्थिर रहेको सुनको आज तोलामा २ सयले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायि महासंघका अनुसार आज सुन प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन भने ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने स्थिर छ । आज चाँदी ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।