फिफा वरीयतामा नेपाल १६७औं स्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६१ औं स्थानमा थियो ।

विश्वकप छनोट अन्तर्गतका खेलमा लगातार हार ब्यहोरेको नेपाल नयाँ वरीयतामा ६ स्थान तल झरेको हो । विश्वकप छनोट अन्तर्गत अष्टे«लिया र जोर्डनसँग पराजय भोगेसँगै नेपालको वरीयता खस्किएको हो ।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । माल्दिभ्स भने दोस्रो दक्षिण्वा एसियामा दोस्रो स्थानमा छ । यसपाली भारतको पनि गत वर्ष भन्दा वरियता खस्किाएके छ । माल्दिभ्स एक स्थान तल झर्दै १५४ औं स्थानमा छ ।

यस्तै बंगलादेश तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लिएको छ । भुटान चार स्थान तल झरेर १८९औं स्थान पुगेको छ । पाकिस्तान दुई स्थान सुधार गर्दै २०१औ स्थान र श्रीलंका एक स्थान तल झर्दै २०३औ स्थानमा छ ।

शीर्ष स्थानमा बेल्जियम यथावत् छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्याण्ड चौथो स्थानमा छन् ।