‘उडि सरर’ बजारमा

काठमाडौं । गायक मौसम गुरुङ्ग र गायिका विन्दु सुनारको आवाजमा रहेको भावनात्मक गीत ‘उडि सरर’ सार्वजनिक भएको छ ।

चेली र माइती बीचको प्रेम र स्नेहलाई गीतमा समेटिएको छ । परदेशमा पसिना बगाउँदै गरेको माइती र स्वदेशमा रहेको चेलीले महान पर्वमा दाजुभाइ नहुदाँको पीडालाई गीतमा समेटिएको छ ।

दिलिप रेग्मीको शब्द तथा लय सिर्जना रहेको छ । परदेशमा कमाउन गएको आफनो भाइ जेल पर्दा चेलीले माइतीलाई टिका लगाउन नपाउँदा महसुस हुने पीडालाई गीतमा देखाइएको छ ।

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो निर्माण गरिएको छ । गीतको भिडियोमा दिलिप रेग्मी, अम्बिका रोक्का जिसी, विन्दु सुनार, प्रेरणा बोहरा, सुनिल थापा, अमर बहादुर डंगोल, रुकु विष्ट, मैना सुनार र अपसन सुनारको अभिनय छ ।