चिराग, संस्कृति र सानवी किड्स अफ दि इयर

काठमाडौं । ‘किड्स अफ दि इयर २०१९’को उपाधि चिराग बजगाई, संस्कृति पाण्डे र सानवी सारले चुमेका छन् । चिरागले बालक तर्फको उपाधि हात पार्दा संस्कृतिले बालिका तर्फको जुनियर र सानवीले सिनियर तर्फको उपाधि हात पारेकी हुन् ।

तीनै बिजेताले उपाधिका साथमा बिभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्ने आयोजकले जानकारी दिएको छ ।

शनिबार अबेर साँझ राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा बालकतर्फ पन्चाङ्ग मिश्र फष्टरनर अप र उज्वल लामा सेकेन्ड रनरअप चुनिदा जुनियर बालिका तर्फ रिमझिम पाल्देन लामा र डिकी चेन्जोन शेर्पा क्रमस फष्ट रनरअप र सेकेन्ड रनरअप भए । त्यस्तै सिनियर बालिकातर्फ संध्या साह फष्टरनरअप र किताबी बराल सेकेन्ड रनरअप घोषित भए ।

९ देखि १४ बर्षसम्मका १४ बालक र ३२ बालिका सहभागी प्रतियोगिताममा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याइएको थियो ।

बालबाललिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धि गर्दै उज्वल भबिश्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।
कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।

स्यान्द्रा पुन, ऋषिराज आचार्य, पुनम प्रधान, ऋचा न्यौपाने र सरिता ज्ञावली निणार्यक रहेको प्रतियोगिता आम सौदर्य प्रतियोगिता भन्दा फरक भएको आयोजकको दावी छ ।