प्रधानमन्त्री बालुवाटार फर्किए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको हेमोडायलासिस गरिएको थियो ।

थप उपचारबारे भने खुलाइएको छैन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।