सुनकोशीमा बस खस्यो, चारको मृत्यु

काठमाडौं । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको छ । बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

दिउँसो सवा १ बजेको समयमा सुकुटेबाट बस सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी, स्थानीयलगायतको सक्रियतामा उद्दारकार्य भइरहेको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।