सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा थियो ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुगेको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको प्रहरीले जनाएको छ ।

बसमा ४० बढी यात्रु सवार रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ ।

उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौं लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।