नेकपाले टुंग्यायो सात प्रदेश प्रमुखको नाम (नामावली सहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो गाएको हो ।

जसमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवको नाम सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।