नगर प्रमुख साउदद्वारा विभिन्न विद्यालय अनुगमन

सलेतामा फूलमालाले अभिनन्दन

परशुराम । डडेल्धुराको भित्रीमधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेतृत्वको टोलीले नगरका विभिन्न विद्यालयको अनुगमन गरेको छ ।

उपप्रमुख कलावतीदेवी बोहरा, वडा अध्यक्ष, नगरका प्रमुख प्रसाशकीय अधिकृत, ईन्जिनियर, शिक्षा शाखा प्रमुख तथा स्थानीय नेता कर्याकर्तालगायतको टोलीले नगरका विभिन्न विद्यालयको अनुगमन गरेको हो । निरिक्षणका क्रममा मंगलबार वडा नम्बर ११ को सलेतास्थित बैजनाथ मावि पुगेका मेयरलाई विद्यालयमा अभिनन्दन गरिएको थियो । शिक्षक, व्यवस्थापन र विद्यार्थीले मेयर साउँदलगायतको स्वागत गरेका हुन् ।

यसअघि मेयर नेतृत्वको टोलीले वडा न ९ र १० वडाका विद्यालय भवनलगायत शैक्षिक अवस्थाको निरिक्षण गरेको थियो । यस क्रममा सिद्धनाथ मा बि पन्तुरा, बैजनाथ मा बि सलेता, सिताराम माबि कुर्मुल्या र भगबति प्रा बि ढकानिको बिद्यालय निरिक्षण गरिएको हो ।

परशुराम नगरका प्रमुख साउदले नगरबाट कुनै पनि सेवा सुविधा नलिएर आफूले पाउने सेवा, सुविधा र भत्ता नगरका जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका र पिछडिएका विद्यार्थीको शैक्षिक स्तर सुधारमा खर्च गर्दै आएका छन् ।

विकासको सवालमा राजनीतिभन्दा पर रहेर विकासवादी व्यक्तिका रुपमा परिचित साउदलाई विद्यालयमा अभिनन्दन गरिएको हो । साउदले अनुगमन तथा अभिनन्दनका क्रममा आफू पदमा हुँदा र नहुँदा पनि आफ्नो क्षेत्रको शैक्षिक, स्वास्थ र विकास निर्माणमा आफ्नो बरकत र पहुँचले भ्याएसम्म सँधै इमान्दार भएर लागिरहने बताए ।