ठगी आरोपमा अघोरी बाबा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा छाएका अघोरी बाबा उर्फ विजय केसी पक्राउ परेका छन् ।

केसीमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।