भारतको सबैभन्दा ठूलो निजी बैंक नेपाल आउँदै

काठमाडौं । भारतको सबै भन्दा ठुलोबैंक नेपाल आउने भएको छ । भारतीय निजी क्षेत्रले लगानी गरेको यो बैंक सबैभन्दा आईसीआईसीआई बैंक नेपाल भित्रने भएको हो ।

बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने प्रकृया अगाडी बढाएको हो । सम्पर्क कार्यालय खोल्नको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको काम गरिसकेको बताइएको छ ।

अब राष्ट्र बैंकले अनुमति दिएपछि औपचारिक रुपमा आईसीआईसीआई बैंकको नेपालमा सम्पर्क कार्यालय खुल्ने छ ।मुम्बईमा मुख्यालय रहेको आईसीआईसीआई बैंकको ४ हजार ८८२ वटा शाखा रहेका छन् ।