सीमा विवाद समाधान गर्न सरकारलाई विश्वप्रकाशका तीन सुझाव

ठमाडौं । नेपाली कांग्रेसले अतिक्रमित नेपाली भूमिमाथीको विवाद समाधान गर्नका लागि सरकारलाई तीन सुझाव दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज सीमा विवाद समाधानका लागि सामाजिक सञ्जाल ट्विटर मार्फत नी सुझाव दिएका हुन् ।

शर्माले भारतसँग ट्विटर मार्फत तत्काल उच्चस्तरीय संवाद अघि बढाउन आग्रह गरेका छन् । नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्टता राख्न र भारतीय सुरक्षा बल नेपाली भूमिबाट फिर्ता पठाउन पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘देश सरकारसँग कालापानी प्रकरणमा रियाक्सन होइन एक्सन प्रतिक्षा गरिराखेको छ,’ शर्माले ट्वीट गरेका छन्।

तीन बुँदामा सुझाव दिँदै उनले भनेका छन्, ‘१. दिल्लिसँग तत्काल उच्चस्तरीय संवाद । २. नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रस्टता
३. भारतीय सुरक्षा बल फिर्ता ।’

अन्तिममा भनेका छन् ‘दोहोर्‍याउंछु– रास्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ ।’