फूलबारीमा पाठेघर समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

धनगढी । धनगढी उपमहानगरपालिकाको फूलबारीमा पाठेघर समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काँग्रेस नेतृ डा आरजु राण देउवाको नेतृत्वमा रहेको सुरक्षित मातृत्व सञ्जालको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
धनगढी उपमहानगरपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा ४ सय जना महिलाले सेवा लिएका थिए ।

शिविर सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखा, नेपाल परिवार नियोजन संघ, निसर्ग अस्पताल, नोबेल एकेडेमीले सहयोग गरेका थिए ।

कार्यक्रममा काँग्रेस नेतृ तथा सञ्जालकी अध्यक्ष डा आरजु राणा, काँग्रेस कैलालीका सभापति नरनारायण शाह, धनगढी उपमहानगरपालिकाका मेयर नृप वडलगायतको उपस्थिति थियो ।