साग अन्तर्गत महिला फुटबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा  आज गरिएको ‘ड्र’ अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने छ ।

नेपालले १७ गते श्रीलंकासँग सुरुआति खेल खेल्ने छ । त्यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग १९ गते खेल्ने छ भने मङसिर २१ गते नेपालले बलियो प्रतिस्पर्धी भारतको सामना गर्नु पर्ने छ ।

मङसिर २३ गते शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । साग अन्तर्गतका महिला फुटबलका सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

यस्तो छ नेपाली महिला टिम

गोलकिपर : एन्जिला तोम्बाफो, एन्जिला राना मगर, उषा नाथ

डिफेन्डर : गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल, कबिता धिमाल, मनमाया लिम्बू, पुजा राना

मिडफिल्डर : रेनुका नगरकोटे, दीपा राई , सरु लिम्बू, इन्दिरा राई , अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमल चौधरी

फर्वाड : सावित्री भन्डारी, निरु थापा, अनिता केसी