बाजुरामा काँग्रेसको चुनावी सभा, चुनावकै पूर्वसँध्यामा नेकपाका कार्यकर्ता काँग्रेस प्रवेश

बाजुरा । उपनिर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन काँग्रेसका केन्द्रीय नेता निर्वाचन क्षेत्र पुग्ने क्रम तीव्र भएको छ । सुदूरपश्चिको चुनावी सभाहरुमा सम्बोधन गर्न कञ्चनपुदेखि बैतडी हुँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद शुक्रबार बाजुराको छतरा पुगेका छन् ।

छतरामा आयोजित चुनावी शभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विकल्प नभएको बताए । उनले यो निर्वाचन मिनी जनमत संग्रह भएकाले अधिनायकबादको गन्ध बोकेको नेकपालाई जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गरे । सभामा कांग्रेस का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री साउद, पूर्व मन्त्री तथा नेता गोबिन्द शाह, पूर्व संविधानसभा सदस्य बहादुरसिंह थापालगायत नेता सहभागी थिए ।

चुनावी सभाका क्रममा नेकपा परित्याग गरि काँग्रेस प्रवेश गर्ने दर्जनभन्दा बढी नेकपाका जिल्लास्तरीय नेता, कार्यकर्तालाई काँग्रेस नेता साउदे टिका र माला लगाएर काँग्रेस प्रवेश गराएका थिए ।