भारतमा निकालियो संसारकै तेस्रो ठूलो किड्नी, १३ वर्षदेखि बिरामीले बोकेर हिँडेका थिए ७.४ किलोको किड्नी

O अक्षर विशेष

काठमाडौं । भारतको राजधानी दिल्लीमा रहेको सर गंगाराम अस्पतालमा अपत्यारिलो अप्रेसन सफल भएको समाचारले यतिबेला सबैलाई चकितजस्तै पारेको छ । सर गंगाराम अस्पतालका डाक्टरहरु दुर्लभ मानिएको अप्रेसन गरेर दुनियामा तेस्रो सबैभन्दा ठूलो किड्नी मान्छेको शरीरबाट निकाल्न सफल भएका छन् ।

इो भारतकै सबैभन्दा ठूलो किड्नी भनिएको छ । भारतीय मिडियाका अनुसार निकालिएको किड्नीको तौल ७ किलो ४ सय ग्राम छ । यसको आकार ३२ गुणा २१.८ सेन्टिमिटर रहेको बताइएको छ ।

यस्तो किड्नी भएको व्यक्ति दिल्ली निवाशी भएको अस्पतालले जनाएको छ । जसको उमेर ५६ वर्ष भएको छ । उनी अटोसोमल डोमिनेन्ट पलिसिस्टिक डिजिज नामको एक वंशाणुगत डिसअर्डरबाट पीडित थिए । उनको स्वास्थ्यअवस्थालाई हेरेर अस्पतालले यो अप्रेसन गर्ने फैसला गरेको जनाएको छ ।

दुई घन्टाको जटिल अप्रेसनपछि निकालियो किड्नी
सर गंगाराम अस्पतालका डा अजय शर्मासँगै डा सचिन कथुरिया र डा जुहिल नानावतीको टिमले संयुक्त रुपमा यो अप्रेसन करिब दुई घन्टा लगाएर सफल पारेको अस्पतालले जनाएको छ । बिरामीलाई कुनै क्षति नहोस भन्नेमा डाक्टरहरु निकै संवेदनशील हुनुपरेको पनि बताइएको छ ।

पलिसिस्टिक किड्नी रोग
अस्पतालका डाक्टरहरुको भनाइ छ कि अटोसोमल डोमिनेन्ट पलिसिस्टिक किडनी रोग वंशाणुगत बिरामी हो । यो रोगामा मानिसको शरीरमा भएका दुबै किडनीमा द्रवयुक्त सिल्ट एक ठाउँमा जमा हुन सुरु हुन्छ । यसले किडनी सुनिन सुरु हुन्छ । ती नाम नखुलाईएका बिरामीलाई यो समस्या सन २००६ देखि सुरु भएको थियो । डाक्टरहरुको भनाइअनुसार तीं पीडितको २००६ देखि नै अप्रेसनको कुरा भइरहेको थियो । तर बिरामीको ज्यानलाई खतरा नहोस भनेर अप्रेसन गर्ने फैसला रोकिएको थियो ।

समस्या बढेपछि अप्रेसन
डाक्टरहरुको भनाइअनुसार किडनीमा लगातार सिल्ड जमा भएपछि बिरामीलाई सास फेर्न पनि समस्या भएको थियो । सँगै उनलाई दुःखाई पनि सहनै नसक्ने हुँदै गयो । जाँचका क्रममा बिरामीको बाँया किड्नीको सिस्टमा आन्तरिक रक्तश्राव र संक्रमण यति धेरै बढेको थियो कि अप्रेसन गर्नु नै अन्तिम बिकल्प थियो । डा सचिन भन्छन्, ‘प्री अपरेटिभ स्क्यानमा एक ठूलो किडनी देखियो । तर हामीलाई विश्वास थिएन कि यो दुनियामै यति ठूलो किडनी होला भन्ने । यसले करिब पुरै पेट ओगटेको थियो । किडनीको आकार दुई जना नवताज शिशुकोभन्दा ठूलो थियो ।’ अप्रेसनपछि बिरामीको अवस्था राम्रो भएको उनले बताए ।

भारतमा गरिएको यो अप्रेसनभन्दा पहिले दुई ठूला किडनीको अप्रेसन गरिएको बताइएको छ । जसमध्ये ९ किलोको अमेरिका र ८.७ किलोको नेदरल्याण्डमा गरिएको थियो । त्यसैले भारतमा सोमबार गरिएको यो अप्रेसन संसारमै तस्रो ठूलो मानिएको छ ।

(एजेन्सीको सहयोगमा)