मिष्टर नेपाल खोज्दै एक्सपोज नेपाल

काठमाडौं । नयाँ मिष्टर नेपालको खोजीका लागि आयोजक एक्सपोज नेपाल मोफसल यात्रामा निस्केको छ । एक्सपोज नेपालले ‘मिष्टर नेपाल २०२०’को खोजी सुरु गरेको हो ।

कात्र्तिक २५ गते धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको अडिसन धनगढी, बिरगन्ज हुँदै सोमबार चितवनमा सम्पन्न भएको छ ।

बिरगन्ज अडिसनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छनौट भएको आयोजकले जनाएको छ । दुबै अडिसनमा दुई दर्जन बढी सहभागी थिए ।

एक्सपोज नेपालकी अर्चना थापा, रबिन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज बर्णवाल, सन्तोषलगायतकको टोली निर्णायक रहेका छन् । प्रतियोगिताको छनौट चरणको अडिसन १० गते बुटवल, १२ गते पोखरा र १४ मंसिरमा काठमाडौमा हुने आयोजकले जनाएको छ ।

१७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुको सहभागिता रहेन प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षामा समावेस गराइने छ ।

प्रतियोगिता विजेताले शीर्ष उपाधिसँगै अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिष्टर वल्र्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।