प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई सावधानीका लागि भेन्टिलेटरमा राखिएको छ । अहिले उनको स्वास्थ्यमा हिजो तुलनामा धेरै सुधार आएको छ । उनलाई दिइएका लाइफ सपोर्टहरु क्रमिक रुपमा हटाउँदै लगिएको छ ।

स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मंगलबार पेट दुखेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । अस्पतालले एपेन्डिसाइटिसको भएको बताएपछि उनको सफलतासाथ एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

No photo description available.