गाउँपालिका अध्यक्ष पर्यटन प्रवद्र्धनमा

डडेल्धुरा । डेडेल्धुराको भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला भट्ट आफै पर्यटकीय स्थलको प्रचार, स्रशारमा जुटेकी छिन् । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै उनी यो अभियानमा सक्रिय भएकी हुन् । पर्यटन भ्रमण वर्षमा भागेश्वर गाउँपालिकाको छुट्टै पहिचान बनाउने बताइन् ।

यसका लागि चाँडै नै आफ्नो गाउँपालिकामा रहेका सायल झरनासहित अन्य पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन गरी प्रचार–प्रसारमा ल्याउने प्रतिवद्धता जनाइन् ।

पर्यटकीय सम्भावना बोकेका यहाँका प्राकृतिक तथा धार्मिक स्थलमध्ये १ नम्बर वडामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल, पुरातात्विक सम्पदा, प्राकृतिक सायल झरनाको प्रचार–प्रसार गर्न आफुले प्रयास गर्ने अध्यक्ष भट्टको भनाइ छ ।

सडक सञ्जालले नछोएका सायल झरना जस्तै कुनाकन्दरामा रहेका अन्य प्राकृतिक सम्पदाको पहिचान गरि तीं स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने उनले बताइन् । पर्यटकीय स्थल चिनाउन पत्रकारको सहयोग अपेक्षित रहेको उनले बताइन् ।

आफु अध्यक्ष निर्वाचित भएदेखि नै यहाँको पर्यटकीय सम्भावनामा जोड दिँदै आएको उनले बताइन् । चालू आर्थिक वर्षभित्र उज्यालो गाउँपालिकाको अभियानमा पनि आफू हिडेको उनले बताइन् ।