ठगी र किर्ते गर्ने लाली गुँरास सहकारीमाथि कारबाही कहिले ?

० केशव पुरी

ललितपुर महानगरपालिका ३ पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्थामा हामी शेयर सदस्यहरु कारोबार गर्दै आएका थियौ । सहकारी ऐन २०४८ नियमावली २०४९ र हाल सालै मात्र निर्माण भएको सहकारी ऐन २०७४ र नियमावलि २०७६ मा उल्लेखित भएको शेयर सदस्यहरुको कारोबार गर्ने अधिकार, वचत गर्ने अधिकार, सहकारीको मुल्य मान्यतामा सदस्यहरुले प्राप्त गर्ने अधिकारको परिधि मै हामीले लालीगुराँस सहकारीसँग कारोबार गरेका थियौं । हामीले उक्त सहकारीबाट कर्जा लिएका थियौँ । कर्जा समय अवधिभित्र सम्झौता बमोजिम किस्ता बुझाउँदै आएका थियाँै । बीचमा ब्यापारमा आएको मन्दि र महाभूकम्पको क्षतिजस्ता कारणले समयमा किस्ता बुझाउन केहि कठिनाई उत्पन्न भएको अबस्थामा हामीले ब्याज बुझाउन सकेनौं ।

म केशव पुरीले सुरुमा ल.पु.न.प. वडा नं. ५ साविकको ४ रोपनी ७ आना २ पैसा धितो राखी हामी २ जनाले १ करोड ९० लाख रुपैयाँ ऋण लिएका थियौँ । त्यसमा मेरो भागमा ९५ लाख पर्छ । पछिल्लो समयमा त्यस सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले मेरो अर्को ठाउँमा रहेको जग्गा धितो राख्न दबाब दिनुभयो र म गोदावरीको ७ रोपनी ९ आना र १ रोपनी १ आना २ पैसा जग्गा पुनः धितो राख्न बाध्य भएँ ।

त्यसको केही समयपछि मेरो नाममा र मेरो श्रीमतीको नाममा रहेको सबै जग्गा मलाई कुनै जानकारी नै नदिई दाखिल खारिज गरी लालीगुराँस सहकारीले जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड टेड्रिङ्ग सेन्टरको नाममा मेरो जग्गाहरु कम भ्यालुएशन गरी (कम मुल्याङ्कनमा) लगिएको जानकारी प्राप्त भयो । मैले थाहा पाएअनुसार नख्खुमा रहेको जग्गा हालको बजार अनुसार ३० करोड भन्दा माथि मुल्य पर्ने जग्गा जय लालीगुराँस इन्भेष्टमेन्टले ७६ लाखमा मुल्याङ्कन गरी सहकारीले नै सकारेर पछि महंगोमा बेचबिखन गरिएको भन्ने सुन्नमा आयो ।

त्यस्तै गोदावरीमा रहेको जग्गा हालको बजार भाउमा १० करोड भन्दा बढि मुल्य पर्नेलाई पनि जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड टेड्रिङ सेन्टरले १ करोड ६ लाख मुल्यांकन गरि सकारेको छ । मुलुकी ऐनअनुसार यसरी कम मुल्याङ्ककन गरेर ऋणीको सम्पत्ति हत्याउनु ठगी हो कि होइन रु सम्बन्धित निकायको ध्यानकर्षण गर्न चाहन्छु । श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले यसरी मेरा जग्गाहरु कम मुल्यांकन अर्थात अन्डरभ्यालुसेसन गरी आफैले सर्कानु कहाँसम्मको न्याय हो । देशमा सहकारीको तल्लो तहका जनतासम्म एउटा विश्वासको वातावरण बनेको समयमा यसरी सहकारीप्रति गलत सन्देश जानुले आमजनतामा कस्तो सूचना जान्छ ?

अर्कोतर्फ मेलै बुझाउनु पर्ने रकमको स्टेटमेन्ट मैले अनेकौं प्रयत्न गर्दा पनि सहकारीले दिन अस्विकार गरेको छ । सहकारीको उद्देश्य सहकारीले कारोबार गर्नेहरुको घरबार बिहीन बनाउने हो र ? ऋणीलाई थाहै नदिईकन सम्पत्ति हड्पने, गाली गर्ने, धम्काउने, अनावश्यक झमेला लगाउने मानसिक तनाव दिने जस्ता अनगिन्ति अत्याचार श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्थाले गरेको छ । सहकारीको भावना र उद्देश्य विपरित यसरी कारोबारी माथि अन्याय गर्दा कुनै पनि निकाय यो सहकारीको लगत कदमको विरोधमा नउत्रिनु के पैसा र पावरकै भरमा ऋणीलाई सडकमा पुर्याउन पाईन्छ ?

एउटा सहकारी भित्र २,३ किसिमको नियम हुन्छ र कसैलाई सम्पूर्ण ब्याज नै मिनाहा गर्ने कसैलाई २१ प्रतिशत व्याज र १८ प्रतिशत हर्जाना लिन मिल्छ रु कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले आफैले लिएका ऋण शून्य प्रतिशतमा लिएका छन् । आफन्तहरुलाई ३ प्रतिशतमा मात्र ऋण दिएका छन् । के सहकारीमा शेयर धनीको पैसालाई आफ्नो प्राइभेट कम्पनि जसरी चलाउन पाइन्छ । अहिले त सुरेन्द्र भण्डारीले गरेका किर्ते र ठगीका बिषयमा विभिन्न सञ्चार माध्यमबाट खुलासा भैरहेकोछ । हाम्रो सुनुवाई कसले गर्ने ? यसरी हामी पीडितहरु यो सन्देश आमजनता र सरोकारवाला निकाय समक्ष पोख्दै छौ । अर्कोतर्फ हाम्रो करोडौंको सम्पत्ति हत्यायपछि फेरि विभिन्न पत्रपत्रिकामार्फत सूचना छापेर ऋण तिर्न आउनु भन्दै मानसिक तनाव दिने र ऋण बाँकी भन्दै फिरौती माग्ने जसरी धम्काउने कार्य भैरहेको छ । यसर्थ नीज सुरेन्द्र भण्डारीमाथि अनुसन्धान जरुरी छ ।

कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले हामीलाई म राष्ट्रिय सहकारी महासंघको संचालक, केन्द्रिय बहुउद्देश्य संघको अध्यक्ष हुँ भन्दै विभिन्न व्यक्तिमार्फत पीडितहरुलाई धम्काउन लगाउने, लिलाम गरिएका घर जग्गाहरु छुट्टै कम्पनि जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड टे«डिङ सेन्टरको नाममा लैजाने, धितो लिनुभन्दा पहिले इन्जिनियरमार्फत भ्यालुएशन गर्दा प्रति आना जग्गा ६ लाख ५० हजारमा गर्ने र ३ बर्षपछि सो धितो राखिएको जग्गा एक लाख ५० हजारमा अन्डर भ्यालुएशन गर्दै आफ्नो कम्पनिमा लग्ने गरेका छन् ।

यस्ता धेरै किर्ते र ठगीका काम श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्थाले गरेको छ । मजस्ता धेरै ऋणीलाई घरबार विहीन बनाएको छ । बरिष्ठ गाएक रामकृष्ण ढकाल, श्यामबहादुर खत्री, डा। शितलखत्री, लेखनाथ पौडेल चितवन, भगवति सापकोटा धादिङ, सुसिल ढकाल, सि।वि। थापालगाएत धेरैलाई घरबार विहीन बनाउने सुरेन्द्र भण्डारी कसरी सहकारीकर्मी हुन सक्छन् रु यसरी सहकारीको नाममा कंलकिंत व्यक्तिले सहकारीको मर्म, भावना, र उद्देश्य कसरी बुझ्न सक्छ ?

श्री लालीगुराँस बहुउद्देशिय सहकारी संस्था र यसका सुरेन्द्र भण्डारीको कुकृत्यहरु देशको भरपर्दो पत्रपत्रिकादेखि सामाजिक संजाल भरिएका छन् । के अब पनि सत्यतथ्यको जाँच हुनु पर्दैन र रु लिलाम गरेका सम्पत्ति आफ्नो श्रीमति तथा एकाघरका ब्यक्तिका नाममा लिलाम गरिएका घरजग्गाहरु राख्न पाइन्छ ? आफै प्रमुख भै नौवटा कम्पनिमार्फत हामी शेयर धनिको पैसा लगानी गर्न पाइन्छ रु सहकारीमा डिपोजिट लिदा ११, १२, १३ प्रतिशतसम्म ब्याज दिएको रकम सुरेन्द्र भण्डारीले शून्य प्रतिशतमा ऋण लिन मिल्छ र ? यति ठुलो सहकारी करिब सात अर्ब ५० करोडको वित्तिय कारोबार गर्ने संस्थालाई राष्ट्र बैंकले छानबिन गर्न मिल्दैन रु यो एकदम गहन विषय बनेको छ । लालीगुराँस सहकारीले जसरी आफ्ना कारोबारीहरुलाई झुक्याएर किर्ते गरेर मिटर ब्याजको शैलीमा धेरै कारोबारीहरुको बिचल्ली बनाएको छ । यसर्थ सम्बन्धित सम्पूर्ण निकायको ध्यान जाओस्, हाम्रो आग्रह छ ।

यसकारण हामी यति धेरै अनियमित काम गर्ने सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी माथि छानबिन गर्ने निकाय कुन हो रु हामीले सम्पूर्ण निकायको ढोका घचघचाई रहेका छौँ । न्याय पाउन सकिएन अझै पनि हामी न्यायको पर्खाइमा बसेका छौँ । अन्यथा हामी सम्पूर्ण पीडतहरु लालीगुराँस सहकारीको विरोधमा सडकमा उत्रनुको विकल्प रहेको छैन । यति ठुलो वितिय कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको अनुगमन नहुनु, सहकारी कर्मिहरmको हक र हितमा सहकारी माहासंघ नबोल्नु, लाली गुँरास बहुद्देश्यीय सहकारीले अधिकारको दुरmपयोग गर्दा अख्तियार अनुसन्धान आयोगबाट कारबाही नहुनु, छोटो समयमा सहकारीकर्मीको सम्पति हडप्दा र अकुत सम्पति आर्जन गर्दा पनि सम्पति शुद्घिकरणबाट छानबिन नहुनु, यति धेरै जनताको पैसा हिनामिना गर्दा पनि केन्द्रिय अनुसन्धान ब्युरो मौन रहनु, इ सबै सहकारी संघहरुको स्वीकृत र खारेज गर्न जिम्मा पाएको सहकारी विभाग र मन्त्रालय कानमा तेल हालेर बस्नुको पछाडि के छ हामीले बुझेका छैनौ यसरी सम्पूर्ण निकायलाई लत्याउनसक्ने लालिगुराँस सहकारी कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी कसको शक्तिको आडमा चलेका छन् सार्वजनिक हुन जरुरी छ ।

 

(पीडितले अक्षरपाटीका लागि पठाएको सार्वजनिक गुनासो  पाठकपत्रका रुपमा जस्ताको त्यस्तै प्रकाशित गरिएको छ)