बैतडीमा काँग्रेस उम्मेद्वारमाथि आक्रमण

बैतडी । कांग्रेसका तर्फबाट बैतडीको दोगडाकेदार गाउँपालिका ४ मा वडा अध्यक्षका उम्मेद्वार बनेका सुरेन्द्रप्रसाद भट्ट माथि संघातिक आक्रमण भएको छ । बुधबार राती करिब १० बजेतिर नेकपाका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको वडाध्यक्ष पदका उम्मेदवार भट्टले बताएका छन् ।

भाग्न सकेका कारण ज्यान जोगिएको उनले बताए । कसैले फोन गरेर तपाईंको मान्छे हुँ, भेट्न आउनु भन्दै दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा बोलाएर आफूमाथि हातपात भएको भट्टले बताए ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताए । उनले घटनाका विषयमा अनुसन्धान भैरहेको जनाएका छन् ।