सेतो पहिरनमा मलाइका

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा फिल्मदेखि केही टाढा देखिए पनि उनी आफ्नो तस्बिर र व्यक्तिगत जीवनका कारण प्राय चर्चामा छाइरहन्छिन् । मलाइका सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् ।

आफ्ना एक से एक तस्बिर पोस्ट गरेर दुनियाको ध्यान आकर्षित गर्नमा मलाइका सिपालु छिन् । हालै उनले सेतो पहिरनमा लिएका केही तस्बिर सामाजिक सञ्जालमा निकै रुचाइएका छन् । उनका फ्यानहरुले तीं तस्बिरलाई भाइरल बनाइरहेका छन् ।

मलाइकाले फोटोशुटका केही तस्बिर इन्स्टाग्राममा शेयर गरेकी छन् । जुन तस्बिरमा उनी सेतो सिमर ड्रेसमा ग्ल्यामर देखिएकी छिन् । सेतो सिमर ड्रेसमा रातो लिपिस्टिक लगाएर कपाल खुलै छोडेकी छिन् ।

तीन फरक पोजका तस्बिरमा मलाईका निकै हट देखिएकी छिन् । तिनै तस्बिर उनका फ्यानहरुका लागि निकै रुचीकर बनेका छन् ।