प्रधानमन्‍त्रीको स्वास्थ्यमा उलेख्य सुधार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । अस्पताल प्रशासनका अनुसार प्रधानमन्‍त्री ओली खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएका छन् ।

मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओली उपचारमा संलग्न प्राध्यापक डाक्टर अरुण सायमीका अनुसार उनको स्वास्थ्यमा सबै ठीक छ ।

बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर परिसरमा सञ्चारकर्मीहरूसँग डाक्टर सायमीले प्रधानमन्‍त्रीले हिँड्न शुरू गरेको जानकारी दिए । ‘अहिले भेन्टिलेटरबाट बाहिर निकालेको छ, स्लाइनहरू सबै निकालेको छ,’ उनले भने ।

प्रधानमन्त्रीको अवस्था सामान्य रहे पनि आइसीयूमै राखेर आगन्तुकलाई भने भेट्न नदिइएको बताए ।