प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थयअवस्थाबारे अस्पतालले जानकारी दिँदै

काठमाडौं । मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरेर बुधबार सघन उपचार कक्षमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् ।

बिहीबार अबेर बेलुकी उनी अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी हुन् । ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्री सचिवालयका सञ्चार विज्ञ रामशरण बजगाइँले जनाएका छन् । भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै स्वास्थलाभको शुभकामना दिएकी थिइन् ।

आजै शुक्रबार अस्पताल प्रशासनले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताइएको छ ।