निर्वाचनमा धाँधली गर्न डिएसपी सरुवा गरियोः महर

काठमाडौं । कांग्रेसका युवा नेता तथा नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले निर्वाचनमा धाँधली गर्न कास्की २ को निर्वाचनमा धाँधली गर्न सरकारले डिएसपीको सरुवा गरेको आरोप लगाए ।

शनिबार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपनिर्वाचनमा सरकारले निर्वाचन आचारसंहिता विपरित प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल शाहको सरुवा गरेको बताए ।

महरले नेकपा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिताको खिल्ली उडाएको पनि जिकिर गरे । निर्वाचनको माहोलमा बम पड्काउने र तर्साउने कार्यमा समेत नेकपा संलग्न भएको आरोप उनले लगाए ।

पोखराको बैदाममा रहेका शाहलाई साग गेमको सुरक्षा हेर्ने गरी सरुवा गरिएको बताइएको छ । शाहको स्थानमा पर्वतका डिएसपी विनोद सुवेदीलाई ल्याइएको छ । कांग्रेसले पनि निर्वाचन आचार संहिता विपरित प्रहरी प्रमुखको सरुवा गरेको भन्दैं आपत्ती जनाएको छ । नेकपाका तर्फबाट विद्या भट्टराई र कांग्रेसका तर्फबाट खेमराज पौडेलबीच कास्की २ मा मुख्य प्रतिस्पर्धा हुँदैछ ।