माटोको ढिस्कोले पुरिएर चार जनाको ज्यान गयो

कास्की । कास्कीको पोखरा महानगरपालिकाको–२० मा पर्ने मौंजा विसौंनामा आइतबार बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सल्यानको बाघचोर नगरपालिका–४, पेदीखोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

भलाम–मौंजा ग्रामीण सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो ।

(तस्बिर सांकेतिक मात्रै हो)