घोराही उपमहानगरमा कांग्रेसका डाँगी विजयी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष नेपाली कांग्रेसका उमेद्‍वार विजयी भएका छन् ।

एक हजार दुई सय २२ मत प्राप्त गर्दै कांग्रेसका उम्मेद्‍वार ताराबहादुर डाँगी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्‍न्द्वी नेपाल कम्युनिष्ट पार्टीका सुरेशबहादुर केसी एक हजार एक सय १७ मत प्राप्त गरेका छन् ।